चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।

सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भएगरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ ।

Logo