मन्त्रिपरिषद्को बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुनसक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै, केही सहसचिवहरूको सरुवा हुनसक्ने

केन्द्रबिन्दु
448
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठक साँझ ०६ः३० बजे बस्नेछ ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको बताइएकाे छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो ।

Logo