लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
98
Shares

बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३० औँ बैठक आज दिउँसो २ बजे बस्दै छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रदेशसभामा बैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समय र विशेष समयमा बोल्ने कार्यसूची रहेको छ ।

Logo