देउवाको जन्मदिनमा प्रधानमन्त्री ओलीले ओढाए दोसल्ला

देउवाको जन्मदिनमा प्रधानमन्त्री ओलीले ओढाए दोसल्ला

केन्द्रबिन्दु
728
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई जन्मदिनका अवसरमा दोसल्ला ओढाएर शुभकामना दिएका छन् । आज बालुवाटारमा भएको प्रमुख ३ दलका नेताबीच छलफलमा क्रममा भएको भेटमा उनले जन्मदिनको शुभकामना दिएका हुन् ।

‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, उनले भनेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।’

Logo