संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी

संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । यसअघि पूर्वतयारी नभएको कारण देखाएर आजलाई सारिएको संवैधानिक परिषद्को बैठक आज बस्दै छ । आजको बैठकबाट प्रधानन्यायाधीश सिफारिस हुने सम्भावना छ ।

आगामी असोज १८ देखि ६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा जाँदै छन् । उनीपछि कसलाई प्रधानन्यायाधीश सिफारिस गर्ने भन्नेबारेमा टुंगो लगाउन सकिएको छैन ।

संविधानतः अवकाशमा जानुभन्दा एक महिनाअगाडि नै अर्को प्रधानन्यायाधीशको नाम सिफारिश हुनुपर्ने हो । तर, पछिल्लो सत्ता समीकरणमा विपक्षीको बहुमत भएपछि सरकारले सिफारिसका लागि संवैधानिक परिषद्को बैठक नै राख्न सकेको छैन ।

Logo