लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको ३१ औं बैठक आज ११ बजे बस्दै छ । बैठकमा प्रदेश निजामती सेवा ऐन–२०८० लाई संशोधन गर्न बनेको विधेयक पेस हुने तयारी छ । संशोधन विधेयक सोमबारको मन्त्रिपरिषद बैठकबाट पारित भएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले विधेयक पेस गर्ने छन् ।

त्यस्तै बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पनि पेस हुनेछ । बैठकमा प्रदेशसभाका सदस्यले विभिन्न समसामयिक विषयमा विशेष समयमा बोल्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

Logo