गिरीबन्धु टी–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

गिरीबन्धु टी–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

केन्द्रबिन्दु
0
Shares

झापा । बिर्तामोडको गिरीबन्धु टी–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागीस्थित गिरीबन्धु टी–स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेवी टी–स्टेटको कम्पाउण्डको वालबाहिर बिस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।

छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टी–स्टेटको कम्पाउन्ड वालबाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ । स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ ।

प्रहरीका अनुसार सो स्थानमा बिस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराइ बिस्फोटमा प्रयोग भएको सामानहरू ल्याइ राखिएको जस्तो देखिएको छ ।

Logo