गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपर्‍योः प्रचण्ड

गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपर्‍योः प्रचण्ड

केन्द्रबिन्दु
14
Shares

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताएका छन् । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिघा जमिनको सट्टापट्टा दिने निर्णय उल्टाएको छ । सो मुद्दाको पूर्णपाठमा २०६१ सालमा सट्टापट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिघा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रूपमा गणना गर्नु भन्ने उल्लेख छ ।

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ । जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा बढी घरधुरी अन्योलमा परेका छन् ।

उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामो समयदेखि कारोबार भइरहेको सो जमिनको विषयमा उत्पन्न अन्योलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले यिनै मुद्दा उठाउँदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए ।

Logo