परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाँदै

परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाँदै

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन क्यानडा जाने भएकी छिन् । क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदै छ ।

उनी मंगलबार क्यानडा जाने र असोज ३ गते संबोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदै छ । त्यसपछि उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानेछिन् । परराष्ट्रमन्त्री देउवा असोज ४ गते न्यूयोर्क जाने कार्यक्रम छ ।

Logo