लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
0
Shares

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

२०८० असारको २२ गते प्रदेश सभामा पेस भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए ।

यस्तै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत प्रदेश सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।

Logo