संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्‍को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

माओवादी केन्दले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो । यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । तर, ‘हिंसा’ शब्दलाई लिएर एमाले र माओवादी केन्द्र आमनेसामने हुँदा संसद बैठक बस्न सकेको छैन । आज बोलाइएको बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ ।

Logo