लिम्पियाधुरा र कालापानीबारे मेटमणिले बुझाए स्पष्टीकरण, बोल्दा जिब्रो चिप्लिएको भनाइ

लिम्पियाधुरा र कालापानीबारे मेटमणिले बुझाए स्पष्टीकरण, बोल्दा जिब्रो चिप्लिएको भनाइ

केन्द्रबिन्दु
672
Shares

काठमाडौँ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिबारे नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टीलाई स्पष्टीकरण दिएका छन् । आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् ।

चौधरीको स्पष्टीकरण उद्धृत् गर्दै पार्टी कार्यालयका सचिव रामकुमार भट्टराईले भने, ‘त्रुटि भएको भए क्षम चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु र रहन्छु ।’

चौधरीले केही दिनपहिला कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभागमा भारतको हक लाग्छ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई २७ भदौमा तीन दिनभित्र लिखित स्पष्टीकरण सोधेका थिए ।

Logo