कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, अधिवेशन अन्त्यबारे छलफल हुने

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, अधिवेशन अन्त्यबारे छलफल हुने

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज सवा १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

Logo