राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल र संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी सभाका अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Logo