विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनमा एमाले र नेकपा एस आमनेसामने

विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनमा एमाले र नेकपा एस आमनेसामने

केन्द्रबिन्दु
952
Shares

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।

सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दिएका छन् । एमालेले तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले जयन्तीदेवी राईलाई सभापतिको उम्मेदवार बनाएको छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि हुन लागेको सभापतिको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) को एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रको तर्फबाट मायाप्रसाद शर्मा निर्विरोध चयन हुने निश्चित छ ।

Logo