माओवादीले प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने

माओवादीले प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा अवरोध नगर्ने भएको छ । हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको माओवादीले आज अवरोध नगर्ने भएको हो । माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । साथै सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद्का दुवै सदन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

Logo