कृषि नीति राम्रो बनाएर व्यवहारमै ढालौँ: मन्त्री अधिकारी

कृषि नीति राम्रो बनाएर व्यवहारमै ढालौँ: मन्त्री अधिकारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ (आफा) को क्षेत्रिय कार्यशाला तथा ११औँ साधारणसभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरूले कृषकका मर्म बुझेकाहरूले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कृषि सम्बन्धी नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुहुने किसानहरूले, कृषकका मर्म बुझ्नुभएकाहरूले उहाँहरूले यसका लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’

साथै उनले किसानको उन्नति नहुञ्जेल देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहीन, अव्यवस्थित, किसानहरूलाई व्यवस्थित गर्न लागेको बताए । उनले भने, ‘जबसम्म किसानको उन्नति हुन्न, जबसम्म कृषकहरूलाई अगुवा बनाउँदैनौँ तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरूमा त्यस्तो नहोला, आम रूपमा । त्यो पनि एसियाका देशहरू कृषि मै आधारित छौँ । कृषकहरूमा एकआपसमा सम्बन्ध जोडिएको हुन्छ । हामी यहाँका उत्पादनहरू अन्यत्र लान्छौँ, अन्यत्रका यहाँ ल्याउँछौँ । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौँ ।’

Logo