विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

केन्द्रबिन्दु
476
Shares

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् । आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि दाहाल निर्वाचित भएकी हुन् ।

निर्वाचित भएपछि पत्रकाहरूसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशील भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो । प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरूको निर्वाचन हुने गर्दछ । म आफैँ पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु । अहिले समितिमा तीनवटा विधेयकहरू छन् । ती विधेयकहरूमा हामी छलफल गर्छौँ । अन्य विधेयकहरू सरकारले पठाएपछि नियमित रूपमा छलफल गर्छौँ । म आफ्नो क्षमताले भ्याएअनुसार लगनशील भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु ।’

समितिमा कूल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राइले ७ मत प्राप्त गरिन् ।

Logo