लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य

केन्द्रबिन्दु
56
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन सोमबार मध्यरातिदेखि लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालू अधिवेशन अन्त्य गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशनमा ३५ वटा बैठक बसेका थिए । प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१–०८२ को विनियोजन विधेयक पारित गरेको थियो ।

Logo