अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा पौडेल विजयी

अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा पौडेल विजयी

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनबाट अध्यक्ष पदमा अर्जुन पौडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटालाई पराजित गर्दै २३२ मतसहित पौडेल अध्यक्षमा विजयी भएका हुन् । देवकोटाले १४३ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाए ।

त्यस्तै ५ उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरिबहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्रकुमार तामाङ निर्वाचित भएका छन् । ३ खुला उपाध्यक्ष पदमा भएको निर्वाचनमा चौहानले २२०, खड्काले १७९ र ठकुरीले ३१४ मत प्राप्त गरेका हुन् । रामकृष्ण सिवाकोटी ११६ र श्रावणकुमार बर्तौला १२३ मत प्राप्त गर्दै पराजित भए ।

प्रमुख सचिव पदमा विजय लामा २३६ मतसहित निर्वाचित भएका छन् भने सुवास गौतम १७९ मत ल्याएर पराजित भए । ५ सचिव पदमा क्रमशः विजय घिमिरे, रितिकराज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञानदोर्जे बल, कोषाध्यक्ष पदमा अनिताकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । सम्मेलनबाट ४३ सदस्य समेत निर्वाचित भएका छन् ।

Logo