आज राँके जुलुस र भोलि चक्काजाम गर्न दुर्गा प्रसाईँको आह्वान

आज राँके जुलुस र भोलि चक्काजाम गर्न दुर्गा प्रसाईँको आह्वान

केन्द्रबिन्दु
2.2k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज राँके जुलुस र भोलि चक्काजाम गर्न आफ्ना समर्थकलाई आह्वान गरेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारीको विरोधमा उनले यस्तो आह्वान गरेका हुन् ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले शुक्रबार देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा बुधबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उनी काठमाडौँमै छन् । तर, हालसम्म पक्राउ परेका भने छैनन् ।

बरु पक्राउ पुर्जीको विरोधमा उनकै नेतृत्वमा रहेको महाअभियानले बिहीबार विज्ञप्ति जारी गरी पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा भोलि चक्काजाम गर्ने चेतावनी दिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको उनको आरोप छ ।

Logo