संविधानको मर्मअनुसार काम गर्न सकिएन, स्थानीय तहलाई ५ सयमा झारौँः डा वाग्ले

संविधानको मर्मअनुसार काम गर्न सकिएन, स्थानीय तहलाई ५ सयमा झारौँः डा वाग्ले

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरूलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘बलियो, स्वच्छ र सुदृढ संघीय सरकार होस्, स्थानीय पालिकाहरूलाई ७५३ वटा चाहिँदैन, ५०० भन्दा मुनिमै जाऔँ, अहिले धेरै पालिकाहरू मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामी मर्मअनुसार काम गर्न सकिरहेका छैनौँ । ’

साथै उनले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए । उनले मुलुक संघीयताको अभ्यासमा गएको भए पनि अझै काम, कर्तव्य र अधिकारका सन्दर्भमा अन्योलता सिर्जना भइरहेको बताए ।

Logo