कांग्रेस–एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छः डा. डिला संग्रौला

कांग्रेस–एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छः डा. डिला संग्रौला

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औंल्याएकी छिन् ।

उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गरिन् ।

बिहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महिलाहरुको उपस्थिति रहेपनि त्यो अपुग भएको उनले बताइन् ।

उनले कांग्रेस र एमालेबीच किन गठबन्धन गरेको भन्ने प्रश्नको जवाफ जनतालाई चित्तबुझनेगरी दिनुपर्ने पनि बताइन् । संविधानमा देखिएका जटिलता, चुनौति र समस्यालाई आत्मसाथ गर्दै विभिन्न भाषाभाषी, धर्म, लिंग, बर्णहरुको समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै संविधान संशोधन हुनुपर्ने बताइन् ।

Logo