मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएनः महन्थ ठाकुर

मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएनः महन्थ ठाकुर

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष मोहन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन् ।

बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सहि उत्तर कहिले नदिएको बताएका हुन् ।

उनले भने, ‘जसोतसो संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौं । संशोधन भएपनि मधेशी मधेशी नै रह्यो । जनजाति जनजाति नै रह्यो, हेर्ने दृष्टिकोण, गरिने व्यवहारमा कहिले परिवर्तन भएन । संविधानले सहि उत्तर दिइरहेको छैन ।’

साथै उनले संविधानमा नयाँ कानून बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए । उनले संविधान अनुसारका कानून नै नबनेको जिकीर गरे । जुन कानून संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको बताए ।

Logo