प्रस्तावित दुई राजदूतहरू लम्साल र यादवविरुद्ध उजुरी दिन आह्वान

प्रस्तावित दुई राजदूतहरू लम्साल र यादवविरुद्ध उजुरी दिन आह्वान

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियम र अस्ट्रेलियाका लागि प्रस्तावित दुईजना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको हो ।

समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो । राजदूतमा नियुक्तिका लागि सिफारिस भए पनि उनीहरूको संसदीय सुनुवाइ हुन बाँकी छ । सरकारले यसअघि प्रस्ताव गरेका १६ जना राजदूतहरूको नाम बिहीबार समितिले अनुमोदन गरेको छ ।

Logo