प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सूचना जारी भएको १० दिनभित्र समिति सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।

सूचना दिँदा सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाशमा जाँदै छन् ।

Logo