रवि लामिछाने भ्रष्टाचारी हुन्ः एमाले महासचिव पोखरेल

रवि लामिछाने भ्रष्टाचारी हुन्ः एमाले महासचिव पोखरेल

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् ।

शनिबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएको भन्दै लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गरेका छन् ।

ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा रविले भ्रष्टाचार गरेको पाखरेलको दाबी छ । ‘गोरखा मिडिया प्रालिमा रविले विनालगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन्,’ पोखरेलले भने, ‘विनालगानी शेयरधनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । विनालगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएकाले रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको उनको भनाइ छ ।

सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

Logo