रास्वपालाई विश्वप्रकाश शर्माको कटाक्ष- भैंसी चोरेको आरोपमा ‘क्लिन चिट’ पाउनु भएको छ, ताली बजाउनू

रास्वपालाई विश्वप्रकाश शर्माको कटाक्ष- भैंसी चोरेको आरोपमा ‘क्लिन चिट’ पाउनु भएको छ, ताली बजाउनू

केन्द्रबिन्दु
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन चिट’को ढोल पिटिरहेको भन्दै आक्रोश पोखेका छन् ।

शनिबार कांग्रेस झापा काठमाडौं सम्पर्क समितिको एक कार्यक्रममा महामन्त्री शर्माले रास्वपा सभापति रवि लामिछानेमाथि कटाक्ष गर्दै भने, ‘भैंसी चोरेको आरोपमा ‘क्लिन चिट’ पाएँ भन्दिनु न अनि ताली बजाउँछन् ।’ कमजोरी स्वीकार्नुपर्नेमा क्लिन चिट पाएको हल्ला गर्नु उचित नभएको उनको भनाई छ ।

महामन्त्री शर्मा यतिमा रोकिएनन् । उनले काठमाडौंमा बालेन शाहको स्वतन्त्रबाट भएको विजयी माहोल देखेर रास्वपाले आफ्नो नाम नै स्वतन्त्र राखेको समेत भने । ‘नयाँ भनेको जन्मले हुन्न, प्रविधिले हुन्छ ।’ उनले भने ।

Logo