अब २० सीट ल्याएर गृह माग्ने दिन सकिन्छः विश्वप्रकाश शर्मा

अब २० सीट ल्याएर गृह माग्ने दिन सकिन्छः विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारका लागि निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले नेतृत्व गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

शनिबार कांग्रेस झापा-काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं । २० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गरेपछि ।’

२७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने पनि उनकाे भनाई छ ।

Logo