नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढेको प्रचण्डको दाबी

नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढेको प्रचण्डको दाबी

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औँ वार्षिक साधारणसभामा बोल्दै नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् ।

विश्वमा बढेको शीतयुद्धको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरूले औँल्याएको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई उपयोग गर्ने सके नेपालका निम्ति अवसर र नसके दुर्घटनामा जानसक्ने धारणा राखे ।

‘चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ। त्यसको विश्वव्यापी असर छ। इजरायल र हमासबीच चलिरहेको लडाइँ वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन। अहिले संसार तेस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि शुरु गरिएको छ। विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ। अन्तरराष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ। श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ,’ उनले भने।

Logo