अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० देखि

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मलेन असोज १० गतेदेखि १४ गतेसम्म हुने भएको छ ।

यसअघि सम्मेलन असोज २ देखि ५ गतेसम्मका लागि तोकिएको थियो । तर तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको जनाइएको छ ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले गर्ने तय भएको छ ।

Logo