‘राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना’ -ईश्वर पोखरेल

‘राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना’ -ईश्वर पोखरेल

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना भएको बताएका छन् ।

आइतबार बृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक नभएको बताएका हुन् । उनले भने, ‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भिर विडम्बना हो । यस्तो स्थिति बनेको छ अहिले । राजनीति त चाहियो तर सहि राजनीति चाहियो । यो राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक होइन । ’

यस्तै उनले नेपाली पहिचानको रक्षाको लागि साहित्य क्षेत्रले महत्व राखेको बताए ।

कार्यवाहक पोखरेलले नेपाली समाज, नेपाली सांस्कृतिकसँग साहित्य क्षेत्र सम्बन्धित भएको बताए । उनले भने, ‘आजको कार्यक्रम नेपाली नाट्य विधामा मात्र नभएर नेपाली समाज, नेपाली साहित्य, सांस्कृतिकसँग सम्बन्धित छ । नेपाली पहिचानको रक्षा समेतको लागि महत्व राख्ने विषयका रुपमा साहित्यलाई लिएको छु ।’

यस्तै, उनले बृहत नाट्यग्रन्थ नेपाली नाट्य विमर्श जस्ता कार्यक्रमले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा पहिचान गराउने र चिनाउने सवालमा महत्वपुर्ण भूमिका खेलेको बताए । उनले भने, ‘नेपालको इतिहासको बारेमा वस्तुनिष्ट ढंगले सहयोग पुर्याएको छ । नेपाली पहिचानको रक्षा गर्नुपर्छ भन्ने एउटा जवरजस्त भाव यसले दिएको छ ।’

Logo