रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, प्रहरी परिचालन

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी, प्रहरी परिचालन

केन्द्रबिन्दु
4.4k
Shares

काठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी भएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेलगतै अर्का साझेदार लामिछानेलाई पनि पक्राउ गर्न प्रहरी परिचालन भएको खबर बाहिरिएको हो ।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले जोशी र लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । त्यसपछि जोशीलाई पक्राउ गरिएको हो ।

पाेखराका सूर्यदर्शन सहकारी पीडितहरूले कास्की प्रहरीमा २०८० माघ २२ गते लामिछानेविरुद्ध जाहेरी दिएका थिए। कास्की प्रहरीले त्यसलाई लामिछाने गृहमन्त्री भएपछि तामेलीमा राखेको थियो।

Logo