दुर्गा प्रसाईंलाई पक्राउ गर्नु घोर राज्य आतंक हो, डटेर विरोध गरौंः सांसद डा‍‍. सुनिल शर्मा

दुर्गा प्रसाईंलाई पक्राउ गर्नु घोर राज्य आतंक हो, डटेर विरोध गरौंः सांसद डा‍‍. सुनिल शर्मा

केन्द्रबिन्दु
2.5k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा‍‍. सुनिलकुमार शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोमा घोर भत्र्सना गरेका छन् । बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको उनको भनाई छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थितको निवासमै गएर प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जसअनुसार आज उनी घरबाटै पक्राउ गरेको हो ।

यसलगत्तै सांसद डा‍‍ शर्माले एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो । यसको घोर भत्र्सना गर्नुपर्छ।’

यसको विरोधमा देशभरका जनता आन्दोलनमा उत्रिन पनि सांसद डा‍‍ शर्माले आह्वान गरेका छन् । ‘अहिलेको राज्यसत्ता जनताको पक्षमा छैन । सरकार दमनमा उत्रिएको छ, जनताको आवाज दबाउन खोज्दैछ । अब सबै नेपाली जनताले डटेर यसको विरोधमा उत्रिनुपर्छ ।’

यसैगरी सांसद डा‍‍. शर्माले यस्ता राज्य आतंकका विरुद्धमा न्यायालयको भूमिका निकै महत्वपूर्ण रहने र कुनै राजनीतिक दलको गन्ध आउन नदिई स्वतन्त्र निर्णय गर्न पनि आग्रह गरेका छन् । उनले दुर्गा प्रसाईंको तत्काल रिहाईको मागसमेत गरेका छन् ।

दैनिक विदेशिन परेका हजारौं युवाको विवशता, कर्णालीमा तुईनवाट खसेर मृत्युवरण हुनुपरेको विधमान परिस्थिति र स्वदेशमा मेडिकल, नर्सिङ पढ्न नपाएर अरबौं रकम विदेशिन परेको वर्तमान परिस्थितिबारे सरकार अन्धो रहेको तर गरिव र निमुखाहरुको आवाज बाेक्ने अभियन्ता दुर्गा प्रसाईलाई गिरफ्तार गर्न तर्फ सरकारको ध्यान गएकाेप्रति यो भन्दा ठुलो राज्य अपाधिकरण के हुनसक्छ ? भन्दै सांसद डा‍‍. शर्माले सरकारको कार्यशैलीमाथि प्रश्न पनि उठाएका छन् ।

Logo