रवि लामिछानेलाई आज पक्राउ गर्ने तयारीबारे के भन्छ प्रहरी ?

रवि लामिछानेलाई आज पक्राउ गर्ने तयारीबारे के भन्छ प्रहरी ?

केन्द्रबिन्दु
1.8k
Shares

काठमाडौं । सहकारी बचत रकम अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पक्राउ गर्ने प्रहरीको तयारी लगभग टरेको छ ।

सभापति लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेपछि रास्वपा नेता कार्यकताहरू आइतबार साँझ पार्टी कार्यालयमा भेला भएका छन् । सभापति लामिछाने पनि पार्टी कार्यालयमै छन्।

यसअघि लामिछानेलाई पक्राउ गर्न प्रहरी नै परिचालन भएको खबर बाहिरिएका थिए । तर, प्रहरी उच्च स्रोतले भने यो स्विकारेको छैन । भन्छ, ‘रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । तर जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर चाँडै पक्राउ गर्ने तयारी भने छ ।’

जोशी र लामिछानेलाई सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । सोहीअनुसार प्रहरीले निगरानी बढाएको हो ।

Logo