रवि भन्छन्: कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ?

रवि भन्छन्: कसैको राजनीति बचाइदिन म बलि चढिदिनुपर्ने ?

केन्द्रबिन्दु
364
Shares

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बाेधन गर्दै उनले कसैकाे राजनीति जाेगाउन यस्ताे गरिएकाे दाबी गरे ।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने ।लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे । ‘गल्ती गर्ने भागेर बसेका छन्, म त यहाँ शीर ठाडो गरेर बसिरहेको छु । मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंको अनुकम्पा चाहिँदैन । तपाईंहरुको दया चाहिँदैन । मैले कहाँ जानुपर्ने हो अनुसन्धानका लागि जानुपर्ने म तयार छु’, उनले भने ।

कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै उनले प्रश्न गरेका छन् । उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’

Logo