न्युरोडमा रातारात चमत्कारः बालेनलाई रोक्न सकेन एमालेले, फुटपाथ विस्तार हुँदा सर्वसाधारण पनि मख्ख[भिडियाेसहित]

न्युरोडमा रातारात चमत्कारः बालेनलाई रोक्न सकेन एमालेले, फुटपाथ विस्तार हुँदा सर्वसाधारण पनि मख्ख[भिडियाेसहित]

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । विभिन्न आरोह अवरोहपछि अन्ततः न्युरोडलाई युरोपको ढाँचामा लैजाने बालेन शाहको सपनामा केही राहत मिलेको छ । १ लाख भन्दा बढी मानिसहरु प्रत्येक दिन न्युरोडको सडक प्रयोग गर्ने भएकाले सडक मापदण्द अनुरुप बालेनले न्युरोडको सडक काटेर फुटपाथ विस्तार गर्ने र पैदल यात्रीलाई सहज र सरल बनाउने प्रक्रृयामा कहिले संघिय सरकार कहिले स्थानिय व्यवसायी त कहिले वडा अध्यक्षसँग चर्को विवाद झेल्नु परेको थियो ।

लगातारको विवादपछि पनि एक कदम पछि नहटेका जंगी स्वभावका मेयर बालेनका पक्षमा पहिलो पटक पाटन उच्च अदालत दाहिने भइदिँदा मेयर बालनेले न्युरोडस्थित वडा नंबर २४ को फुटपाट विस्तार गरिछाडे । अहिले न्युरोडस्थित वडा नंबर २४ को फुटपाट साच्चै निकै आकर्षक र रोमाञ्चक देखिएको छ । विभिन्न रंगका टायल बिछ्याइएको सकड निकै मनमोहक देखिन्छ । न्युरोड फुटपाट विस्तारमा बालेन सफल भएको विषयलाई केन्द्रमा राखेर केन्द्रविन्दु टोलीले स्थलगत रिर्पोटिङ गर्ने क्रममा नव निर्मित न्युरोड फुटपाथमा हिड्दै गरेका सर्वसाधारणसँग न्युरोडको फुटपाट विस्तारमा मेयर बालनेले देखाएको तादरुकता र बालेनको काम प्रति सर्वसाधारणको धारणाका बारेमा प्रश्न गरेका छौं । के भन्छन् त सर्वसाधारण ?

भिडियाे हेर्नुहाेस्…

Logo