राज्यका निकायहरु प्रभावकारी हिसाबले चल्न आवश्यक छः एनपी साउद

राज्यका निकायहरु प्रभावकारी हिसाबले चल्न आवश्यक छः एनपी साउद

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँट भएको छ त्यो बुझ्न जरुरी रहेको बताएका छन् ।

सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले संघ, प्रदेश र स्थानिय तहमा बाडफाट भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसावले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण भएको बताएका हुन् ।

उनले भने, ‘संविधानमा निरन्तर परिवर्तन गर्नुपर्ने, संविधान परिवर्तनशिल दस्तावेज हो भन्ने कुरालाई मानेर हामी अगाडि बढिरहेको अवस्था छ । राजनीतिक शक्तिको बाड्फाट कसरी भएको छ यो एउटा महत्वपूर्ण कुरा छ । संघ, प्रदेश र स्थानिय तहमा हामीले चाँही राजनीतिक शक्ति कसरी बाड्फाट गरेको छौं र बाडेको राजनीतिक शक्तिले ती सरकारका निकाय र संरचनाहरु प्रभावकारी हिसावले चल्न सकेको छ की छैन भन्ने कुरा महत्वपूर्ण हो ।’

साथै, उनले तीन वटा सरकार बनाएर पनि विकास खर्च अत्यन्त न्युन अवस्थामा रहेको बताए । उनले राज्यको साधारण खर्च धेरै बढेकोले चुस्त, दुरुस्त र व्यवहारीक बनाउनुपर्ने बताए ।

Logo