पत्रकारहरुको जिन्दगी भयावह अवस्थामा छः सञ्चारमन्त्री गुरुङ

पत्रकारहरुको जिन्दगी भयावह अवस्थामा छः सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् ।

सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको जिन्दगी एकदमै भयावह अवस्थामा छ । प्राइभेट स्कुलका शिक्षकहरुले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन् । पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ । आफ्नो अनि परिवारको केही प्रवद्र्धन छैन । दुनियाँलाई सुसुचित गर्ने पत्रकारहरुले आफ्नो लागि सुसुचित गर्न सकेका छैनन् ।’

साथै उनले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको बताए । उनले पत्रकारितालाई अगाडि बढाउन मन्त्रालयसँगै सिंगो राष्ट्र लाग्नुपर्ने बताए ।

Logo