रवीन्द्र मिश्रले यो संविधान प्रचण्डकै हो भनेपछि साेधे- ‘प्रशंसा गरेको कि आलोचना ?’

रवीन्द्र मिश्रले यो संविधान प्रचण्डकै हो भनेपछि साेधे- ‘प्रशंसा गरेको कि आलोचना ?’

केन्द्रबिन्दु
518
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्यौलमा रहेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन ,अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा मिश्रले १५ वर्ष देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘ जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो ।’

त्यसकै उत्तरमा अध्यक्ष प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि कांग्रेस,एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’

Logo