कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस

कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस

केन्द्रबिन्दु
126
Shares

पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ ।

कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने वेशभूषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरू जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशिता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो ।

जसपा नेपालले कोशी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।

Logo