वीरगञ्ज जाँदै देउवा

वीरगञ्ज जाँदै देउवा

केन्द्रबिन्दु
812
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार वीरगञ्ज जाने भएका छन् ।

कांग्रेस पर्साले आयोजना गरेको दुईदिने छट्टाछट्टै कार्यक्रममा सहभागी हुन सभापति देउवा वीरगन्ज जान लागेका हुन् ।

सभापति देउवा त्यहाँ करिब दुई दिन बस्ने छन् । देउवा बिहान १०ः३० बजे काठमाडौँबाट सिमरा जाने कार्यक्रम तय गरिएको छ । वीरगञ्जमा उनले २ वटा भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

देउवाले सुरुमा मंगलबार दिउँसो पटेर्वासुगौलीमा आधारभूत अस्पतालको उद्घाटन गर्नेछन् । त्यसपश्चात् उनी वीरगञ्ज फर्किने कार्यक्रम तय भएको छ । दोस्रो दिन वीरगञ्ज महानगरको वडा नम्बर २४ मा देउवाले आत्माराम ओझा दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्नेछन् । यी कार्यक्रम पश्चात् सभापतिको भेटघाट कार्यक्रम तय गरिएको छ । देउवाले ८ वटै जिल्लाको जिल्ला सभापति, केन्द्रीय सदस्य, प्रदेश सभा सदस्यहरू, कांग्रेस मधेस प्रदेशका पदाधिकारी एवं सदस्यहरूसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Logo