कावा प्रधानमन्त्री सिंहलाई रवीन्द्र मिश्रकाे चुनाैती- अर्को पटक नहराई त कहाँ छोडुँला र!

कावा प्रधानमन्त्री सिंहलाई रवीन्द्र मिश्रकाे चुनाैती- अर्को पटक नहराई त कहाँ छोडुँला र!

केन्द्रबिन्दु
812
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई अर्कोपटकको चुनावमा हराएरै छाड्ने चेतावनी दिएका छन् ।

सिंहले अनाथ बालबालिकाको बाल मन्दिर नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न मुद्दा नै ढिसमिस गर्न खोजेको आरोप लगाउँदै मिश्रले भनेका छन्, ‘ अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न “मुद्दा नै ढिसमिस गर्न खोज्ने” तपाईँलाई नहराई त कहाँ छोडुँला र! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।’

गत चुनावमा काठमाडौं निर्वाचन क्षेत्र नं १ मा सिंहसँग मिश्र १ सय २९ मतले पराजित भएका थिए ।

सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेको छ। कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री रहेका बेला सिआइबीले यो बहुचर्चित मुद्दामा उनलाई जोगाउने प्रक्रिया अघि बढाएको हो । वैद्य बाल संगठनकी पूर्वअध्यक्ष हुन्।त्यसैबीच मिश्रले यस्तो टिप्पणी गरेका हुन् ।

चुनाव जित्दैमा मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन सिंहमा शून्य रहेकाे उनले कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा सिंहको फोटो नै सार्वजनिक गर्दै उनले भनेका छन्, ‘एक्लै-एक्लै फाइट गर्ने? एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले। तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा’छ? चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ।मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ।’

Logo