प्रचण्ड र मिश्रलाई बाबुरामको व्यंग्यः बिरालो म्याउँ गरेकै हो, प्रचण्डको वास्तविकता त्यही हो

प्रचण्ड र मिश्रलाई बाबुरामको व्यंग्यः बिरालो म्याउँ गरेकै हो, प्रचण्डको वास्तविकता त्यही हो

केन्द्रबिन्दु
196
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न दाहाल निवास खुमलटार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दुईजनाको भेटको तस्बिर सार्वजनिक गर्दै प्रचण्डसँग राजसंस्था पुनःस्थापित गर्नुपर्ने भनाइ राखेको दाबी गरेका छन् ।

उनको फोटो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्ड र मिस्रबीचको भेटलाई व्यंग्य गरेका छन् ।

प्रचण्डले राजा महेन्द्र त गज्जबका भिजनरी राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै उनले बिरालो म्याउँ गरेको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ । अहिले बिरालो म्याउँ गरेकै हो । किनकि प्रचण्डको वास्तविकता त्यही हो ।

उनले अगाडि लेखेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन । नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् । खोस्न दिनु हुँदैन ।

Logo