स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते तय भएको स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना जारी गरेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरूपसहितका आवश्यक कागजात पेस गर्नुपर्ने उल्लेख छ । असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

Logo