माओवादीले तोक्यो सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज, कुन जिल्लामा कसको कमाण्ड ?

माओवादीले तोक्यो सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज, कुन जिल्लामा कसको कमाण्ड ?

केन्द्रबिन्दु
1.4k
Shares

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ ।

सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिए । उनका अनुसार कञ्चनपुरमा टेकेन्द्रप्रसाद भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुँवर, बाजुरामा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ ।

जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताए ।

Logo