जसपा नेपालको ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

जसपा नेपालको ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ ।

बुधबार जिल्ला समन्वय समितिको सभा हलमा अभियानको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार उद्घाटन गरेका हुन् ।

जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण गर्न प्रदेश र जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक सङ्गठन सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ । यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ ।

पार्टीका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको समन्वय र अनुगमनको जिम्मेवारी तोकिएको छ ।

Logo