कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सांसद रामहरि खतिवडाका अनुसार मंगलबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।

पछिल्लो प्राकृतिक विपद्लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । कांग्रेसले राहत व्यवस्थापनका लागि सांसदको १५ दिनको पारिश्रमिक प्रदान गर्ने र पार्टीका तर्फबाट ५० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ।

Logo