प्रधानमन्त्री ओलीले स्विकारे बाढी, पहिरो प्रभावितहरूको उद्धारमा भएकाे कमजोरी

प्रधानमन्त्री ओलीले स्विकारे बाढी, पहिरो प्रभावितहरूको उद्धारमा भएकाे कमजोरी

केन्द्रबिन्दु
462
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धारमा सरकारको कमजोरी रहेको स्विकारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले ‘यसप्रकारको वर्षा भएर बाढी पहिरो जाला भन्ने अनुमान थिएन। भौतिक र मानविय क्षति होला भन्ने अनुमान पनि थिएन। सरकारले पूर्व तयारी नगरेको होइन। तर,यो अलि ठूलै आइपर्यो।’ भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनको भनाई थियो ।

सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो । विपाद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

Logo