१४ वटा जिल्ला संकटग्रस्त घोषणा

१४ वटा जिल्ला संकटग्रस्त घोषणा

केन्द्रबिन्दु
364
Shares

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ ।

शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यका सहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

उनले भने,‘ताप्लेजुङ, काभ्रे,पाँचथर,काठमाडौं,ललितपुर, सङखुवासभा,भक्तपुर सोलुखुम्बु,दोलखा,सिन्धुली,रामेछाप,मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्ला बढि प्रभावित भएको देखियो । यी जिल्लाहरुमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’

स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले जानकारी दिए ।

Logo